राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८२ पुष ११, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पाैडेलले शर्मालाई आजै परराष्ट्रमन्त्री नियुक्त गरेका थिए ।
शर्माले अहिले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्मा आज प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा सिफारिस गरेकी थिइन् ।
संयुक्त राष्ट्र सङ्घीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसेका उनी हाल प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष समेत हुन । कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनले काम गरिसकेका छन् । शर्मा थपिएसँगै अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय भएको छ ।
उनले आजै पदभार ग्रहण गर्दै छन् ।