राष्ट्रिय सन्देश संबाददाता, ३ घण्टा पहिले
२०८२ पुष ११, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनको निवासमा भेटवार्ता भएको छ ।
आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेर खरेल प्रचण्ड भेट्न पुगेका हुन् । भेटमा खरेलले फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको जानकारी दिए ।
त्यस्तै खरेलले भोलि शनिबार बालुवाटारमा तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले गर्ने भनिएको छलफलको निम्तो दिन पनि शीर्ष नेताको निवासमा पुगेका हुन् ।