शुक्रबार, ११ पुष, २०८२

‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस, समानुपातिकतर्फ कृष्णबहादुर महरा

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस, समानुपातिकतर्फ कृष्णबहादुर महरा

२०८२ पुष ११, काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाबाट उम्मेदवार सिफारिस भएका छन् । प्रचण्डलाई एक नम्बरमा राखेर प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको हो ।

‘प्रचण्ड’पछि वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती र दीपक रोकालाई उम्मेदवार सिफारिस गरिएको छ । गएको निर्वाचनमा यो क्षेत्रमा वर्षमान पुनले जितेका थिए ।

‘प्रचण्ड’ ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि यहीबाट निर्वाचित भएका छन् । रोल्पाबाट समानुपातिकतर्फ कृष्णबहादुर महरा, पवित्रा धर्ती, गीता नेपाली र बाबुलाल पुन सिफारिस भएका छन् ।

गएको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका ‘प्रचण्ड’ फागुन २१ को निर्वाचनमा कहाँबाट लड्ने निश्चित भएको छैन । ‘प्रचण्ड’ अहिलेसम्म रोल्पासहित कास्की, सुनसरी, गोरखा, महोत्तरीलगायतबाट पनि उम्मेदवारको रूपमा सिफारिस भएका छन्।

advertisement_1680627680.gif