राष्ट्रिय सन्देश संबाददाता, ७ घण्टा पहिले
२०८३ असोज ०८ काठमाडौँ I पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सत्तारूढ नेकपा (एमाले) को वरिष्ठ नेता बनेकी छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई वरिष्ठ नेता पदमा सर्वसम्मत अनुमोदन गरेको हो ।
यसअघि आजै बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गर्ने प्रस्ताव पेस गरेका थिए ।
राष्ट्रपतिका रूपमा आफ्नो कार्यकाल पूरा गरेपछि उनी पुनः सक्रिय पार्टी राजनीतिमा फर्किएकी हुन् ।