राष्ट्रिय सन्देश संबाददाता, १० घण्टा पहिले
२०८२ माघ १४, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विप्लव नेतृत्वको समूहलाई आत्मचिन्तन मार्फत बृहत् कम्युनिष्ट एकतामा सामेल हुन आह्वान गरेका छन् । पेरिसडाँडास्थित पार्टी कार्यालयमा बोल्दै प्रचण्डले एकताको ढोका खुला रहेको र बाहिर बस्दा भविष्यमा पछुताउनुपर्ने चेतावनी दिएका छन् ।
उनले विप्लवलाई समाजवादी मोर्चामा ल्याउने प्रयास पहिले नै अन्तिम चरणमा पुगेको बताए, तर पछि नेतृत्व वैचारिक भ्रममा फसेको बताए। प्रचण्डले वर्तमान चुनौतीपूर्ण राष्ट्रिय परिस्थितिमा कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेकोमा जोड दिए र थप अस्थिरता रोक्न राष्ट्रव्यापी अभियानका लागि सबै कम्युनिष्ट घटकहरूलाई एकजुट हुन आग्रह गरे ।
विप्लव नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य एवम विद्यार्थी संगठनका पूर्वअध्यक्ष चिरञ्जीवी ढकाललगायतका नेताहरू नेकपामा प्रवेश गर्ने कार्यक्रमका समयमा प्रचण्डले उक्त बिचार ब्यक्त गरेका हुन्।