बिहीबार, १६ माघ, २०८२

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने

२०८२ माघ १४, काठमाडौं । नेपाली कांग्रेसका केही सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत जाने तयारी गरेका छन् । पार्टीको डेलिगेसन टोलीले भोलि बिहान १० बजे सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने नेता श्यामकुमार घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार एमाले र कांग्रेससहितका ठूला दलहरूले वर्तमान सरकारलाई मान्यता नदिएको र सरकारको वैधतामाथि प्रश्न उठाउँदै दायर गरिएको मुद्दा अदालतमा विचाराधीन रहे पनि हालसम्म सुनुवाइ सुरु भएको छैन ।

‘हामी अदालतको निर्णय मान्छौँ । मुद्दामा तुरुन्त पेशी तोकेर सुनुवाइ सुरु होस् भन्ने मागसहित सर्वोच्च जान लागेका हौँ,’ उनले खबरहबसँग भने ।

कांग्रेसका वरिष्ठ नेताहरूले संविधान र कानुनअनुसार प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको धारणा राख्दै आएका छन् ।

advertisement_1676553851.gif