शुक्रबार, १ जेष्ठ, २०८३

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

२०८३ बैशाख ३१, काठमाडौं । विपक्षी दलको सदन बहिस्कार, नाराबाजी र विरोधकाबिच प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट बुधबार टेबल गरेको वार्षिक नीति तथा कार्यक्रममा बिहीबार छलफलपछि अर्थमन्त्रीले नै जवाफ दिएर पारित भएको हो । 

प्रधानमन्त्रीले प्रश्नहरूको जवाफ दिनुपर्ने माग राखेर नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम स‌ंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेसका सांसदले उठेर बैठक अवरोध गरेका थिए ।

विपक्षी दलहरूले नीति तथा कार्यक्रममाथिको छलफल र उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित नै नभई कार्यक्रम पारित भएको हो ।

advertisement_1680627706.gif