बिहीबार, ३१ बैशाख, २०८३

प्रधानमन्त्री अनुपस्थित भएपछि चार दलद्वारा संसद बहिष्कार

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

प्रधानमन्त्री अनुपस्थित भएपछि चार दलद्वारा संसद बहिष्कार

२०८३ बैशाख ३१, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री साह जवाफका लागि संसदमा उपस्थित नभएपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरूले  बैठक बहिष्कार गरेका छन् । 

बहिष्कार गर्नेहरूमा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका विभिन्न जिज्ञासा र प्रश्नहरूको सम्बोधन प्रधानमन्त्री स्वयंले गर्नुपर्ने माग ती दलहरूले राख्दै आएका थिए ।

यता चार दलले बैठक बहिष्कार गरेर बाहिरिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भने सदनभित्रै उभिएर विरोध प्रदर्शन जारी राखेको छ ।

प्रधानमन्त्री साह जवाफका लागि संसदमा उपस्थित नभएपछि असन्तुष्ट बनेका प्रतिपक्षी दलहरू सदनबाट बाहिरिएका हुन् ।

advertisement_1676551537.gif