बुधबार, ३० बैशाख, २०८३

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

२०८३ बैशाख २९, काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् ।

सभामुख डीपी अर्यालको सिफारिसमा राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् ।

राईलाई संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

advertisement_1676553908.gif