बुधबार, ६ श्रावण, २०८३

प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, झन्डै दुइ करोड बिगो माग

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, झन्डै दुइ करोड बिगो माग

२०८३ साउन ५ काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

प्राधिकरणले आह्वान गरेको बोलपत्रमा सहभागी कम्पनी र त्यसका सेयरधनीसँग घुसबापत श्रीमतीको नाममा जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेपछि अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अधिकारीले ललितपुरमा १३ आना जग्गा खरिद गर्दा ठेक्काबापत १ करोड ७१ लाख रुपैयाँ घुस लिएको आयोगको निष्कर्ष छ ।

अख्तियारले पौडेल र गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख प्रेम प्रकाश ढकाललाई समेत भ्रष्टाचार निवारण ऐन, २०५१ को दफा ३ बमोजिमको कसूर गरेको र उक्त कार्य सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ बमोजिम समेत कसूर भएको ठहर गरेको छ ।

आयोगले उनीहरूविरुद्ध १ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै सोही ऐनअन्तर्गत हदैसम्मको सजाय र बिगो असुलउपरको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

advertisement_1676998982.gif