शनिबार, ५ बैशाख, २०८३

सहमति सहकार्य अहिलेको आवश्यक्ता : चन्द्र भण्डारी

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

सहमति सहकार्य अहिलेको आवश्यक्ता : चन्द्र भण्डारी

२०८३ बैशाख ०५, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सहमति सहकार्य अहिलेको मूल आवश्यक्ता भएको बताएका छन् ।

कांग्रेसको नियमित अधिवेशनमा एकजुट भएर लाग्दा यसैमा साझा सफलता निहीत रहेको जिकिर गर्दै उनले यस्तो बताएका हुन् । उनले विगतभन्दा फरक सोच समयको माग रहेको बताए ।

साथै आटले नै इतिहास बनाउने भनाइ समेत राखे । ‘नेपाली कांग्रेसको नियमित अधिवेशनमा एकजुट भएर लाग्दा-यसैमा साझा सफलता निहीत छ,’ उनले सामाजिक सञ्जालमा लेखे, ‘विगतभन्दा फरक सोच समयको माग हो । सहमति सहकार्य अहिलेको आवश्यक्ता हो । आट चाहिन्छ, किनकि आटले नै इतिहास बनाउँछ !’

advertisement_1680627706.gif