राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २३ पुष, २०८२
२०८२ पुष २३, ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । लुभुको लामाटारस्थित लिङ्देन निवासमा मन्त्री खरेल र अध्यक्ष लिङ्देनबीच भेटवार्ता भएको हो ।
आज भएको भेटमा निर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको मन्त्री खरेलले जानकाकी दिए । उनका अनुसार निर्वाचनका लागि राप्रपा प्रतिबद्ध छ ।
निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग निवासमै पुगेर भेटवार्ता गरेका हुन् ।
आज बिहान उनीहरुबीचमा भएको भेटघाट भएको थियो ।