राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ११ माघ, २०८२
२०८२ माघ १०,काठमाडौँ । टीयू क्रिकेट मैदानमा जिम्बाब्वेलाई हराउँदै नेपालले जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल च्याम्पियनसिपमा पहिलो जित दर्ता गर्यो । १३० रनको लक्ष्य पछ्याउँदै, उपकप्तान पूजा महत्तोको शानदार अविजित अर्धशतकको मद्दतले नेपालले चार विकेट गुमाउँदै कुल लक्ष्य पूरा गर्यो ।
उपकप्तान पूजा महत्तोलले ३० बलमा ५२ रन बनाइन्। कप्तान इन्दु बर्माले २२ रन थपिन् भने बिन्दु रावलले १५ रन योगदान गरिन् । जिम्बाब्वेका लागि जोसेफिन एनकोमोलेले दुई विकेट लिइन् ।
यसअघि, टस हारेर ब्याटिङ गर्दै जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो, जसमा केलिस धालोभुलेले अविजित ५२ रन बनाएकी थिइन् ।
नेपालकी रिया शर्माले दुई विकेट लिइन् । आफ्नो पहिलो दुई खेल हारेपछि, यो जित प्रतियोगितामा नेपालको पहिलो सफलता हो ।