आईतवार, १ मंसिर, २०८२

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

२०८२ कार्तिक ३०, काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज (आइतबार) बस्दै छ। बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो ।

गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहने छ ।

advertisement_1744958411.jpg