बुधबार, १३ कार्तिक, २०८२

विप्लव नेतृत्वको पार्टीले दियो दल दर्ताका लागि निवेदन

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

विप्लव नेतृत्वको पार्टीले दियो दल दर्ताका लागि निवेदन

कात्तिक ११, २०८२ काठमाडौं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी शक्तिहरूबीच एकता हुन लागेको संकेत गरिरहेका बेला नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले दल दर्ताका लागि निर्वाचनमा आयोगमा निवदेन दिएको छ । कम्युनिस्ट पार्टी नेपाल नाम राखेर विप्लव नेतृत्वको पार्टीले दल दर्ताका लागि मंगलबार आयोगमा निवदेन दर्ता गरेको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताका लागि निवदेन दिइएको बताइएको छ  । जनताको आफ्नो अधिकार र मुद्दाको कुरालाई जनताले आफैँ फैसला गर्ने लोकतान्त्रिक विधि निर्वाचन भएकाले आगामी निर्वाचनमा सहभागी हुन लागेको उक्त दलले बताएको छ।

जेनजी आन्दोलनपछि बनेको सरकारमाथि ठूलो चुनौति र प्रश्न रहेको र  सरकारले तोकेको निर्वाचनलाई सम्पन्न गर्न जटिलता को अवस्थामा राष्ट्रिय राजनीतिमा नयाँ ढंगको समझदारी आवश्यक रहेको पार्टीका एक नेताले बताए।साथै उक्त दलले दर्ताको प्रक्रिया अघि बढेसँगै निर्वाचनलाई सफल बनाउन आयोगलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

विप्लव नेतृत्वको पार्टीले नेपाल कम्युनिष्ट पार्टीं(नेकपा) नामबाट राजनीतिक गतिविधि गर्दै आएपनि निर्वाचनका लागि कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको हो । प्राप्त निवदेनमाथि अध्ययन गरेर आवश्यक निर्णय हुने आयोगले जनाएको छ ।
 

advertisement_1676553851.gif