आईतवार, १ मंसिर, २०८२

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ कार्तिक, २०८२

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

२०८२ कार्तिक १७, काठमाडौं । सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग मा अहिले दुईतर्फी यातायात सेवा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राजमार्ग अन्तर्गत इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति करिब ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएनन्। प्रहरी र सडक विभागको संयुक्त प्रयासमा पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले सडक विभागको उपकरण प्रयोग गरी पहिरो हटाइएपछि गए रातिदेखि नै सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन् ।

advertisement_1676553851.gif