शुक्रबार, २० असार, २०८२

रास्वपा सभापति तथा पुर्व गृहमंत्री रवि लामिछाने पाल्पा आउदै

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ कार्तिक, २०८०

रास्वपा सभापति तथा पुर्व गृहमंत्री रवि लामिछाने पाल्पा आउदै

पाल्‍पा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाल्‍पाको रामपुर आउँने भएका छन् । 

उनको साथमा पार्टी सांसद डा. तोसिमा कार्की, केन्‍द्रीय सदस्‍य इश्रा मुल्‍ला मिया, केन्‍द्रीय सदस्‍य/गैर आवसीय नेपाली सम्‍पर्क विभाग प्रमुख अर्जुन अधिकारी, प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह, मानव तथा मानव तथा वन्‍यजन्‍तु द्वन्‍द्व व्‍यवस्‍थापक होम क्षेत्री लगायतअन्य रास्वपा केन्द्रिय सदस्यहरु पाल्‍पाको रामपुर बेझॉंड बजार आउन लागेका हुन । 

कार्तिक १८ गते शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी जिल्‍ला कार्यसमिति पाल्‍पा र नगर कार्यसमिति रामपुर पाल्‍पाको आयोजनामा हुने आमसभामा सहभागी हुन लामिछाने आउन लागेका हुन् ।

पार्टीको आमसभालाई सम्‍बोधन गर्न केन्द्रिय सभापति लामिछाने आउन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्‍य नारायण न्‍यौपानेले जानकारी दिनुभयो।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif