बिहीबार, १४ मंसिर, २०८०

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको प्रस्ताव अस्वीकृत।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ कार्तिक, २०८०

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको प्रस्ताव अस्वीकृत।

काठमाण्डौ – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत भएको छ । हेटौँडामा आज विशेष साधारण सभामा भएको मतदानबाट नेम्वाङलाई हटाउने प्रस्ताव  बहुमतले अस्वीकृत भएको हो । ५३ मत खसेकोमा नेम्वाङको पक्षमा ५२ र मत परेको छ भने एक मत बदर भएको छ । ८६ जना मतदातामध्ये ३४ जनाले मतदानमा भाग नलिएको बताइएको  छ ।

 

नेम्वाङले एन्फा तथा  नेपालि फुटबल जगत लाइ नै  बर्बाद बनाउन लागेको भन्दै गत  भदौमा एन्फाका ४९ जना सदस्यले बर्खास्तीको माग राखेर विशेष साधारण सभाको माग गरेका थिए । तर  प्रस्ताव गर्नेमध्येकै ३४ जनाले मतदान बहिष्कार गरेको बताइएको छ। बर्खास्तीको प्रस्ताव अस्वीकृत भएसँग नेम्वाङको पद जोगिएको छ । नेम्वाङ गएको वर्षको असारमा एन्फाको अध्यक्ष बनेका थिए।  । 

advertisement_1676553908.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg