मंगलवार, २ असार, २०८३

नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २० कार्तिक, २०८२

नेपालले युएईलाई दियो  २४० रनको लक्ष्य

कात्तिक १९, २०८२,काठमाडौँ। आईसीसी विश्वकप लिग २ शृंखलाको अन्तिम खेलमा नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ।भीम सार्कीले ६८ बलमा ४ चौकासहित ४८ रन बनाए र दोस्रो विकेटका लागि आसिफ शेख (३४) सँग ७४ रनको साझेदारी गरे। उनीहरूको आउट भएपछि नेपालको ब्याटिङले गति कमजोर बनेको थियो।

कप्तान रोहित पौडेलले केवल २ रन बनाए भने दीपेन्द्र सिंह ऐरी (३७) र आरिफ शेख (३०) ले पाँचौं विकेटका लागि ४९ रनको साझेदारी गरे।कुशल मल्लले सन्दीप लामिछाने (१५ अविजित) सँग नवौं विकेटको लागि ४२ रनको साझेदारी गर्दै ४५ रनको महत्वपूर्ण योगदान दिए। ललित राजवंशी अन्तिम बलमा चौका प्रहार गरेपछि अविजित रहे।नेपालले ५० ओभरमा २४० रन बनाएको थियो।

advertisement_1676551694.gif
अन्य समाचार