राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १२ मंसिर, २०८०
काठमाडौँ।यूएइमा हुने यु-१९ एसिया कप खेल्न को लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले देव खनालको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
राष्ट्रिय टोलीबाट खेल्दै आएका अलराउन्डर गुल्शन झाको पनि यस टिममा नाम रहेको छ। टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, हेमन्त धामी, दीपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रांगु थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्।
मलेसियामा आयोजना भएको यु-१९ एसीसी प्रिमियर कपको फाइनलमा पुग्दै नेपाल एसिया कप खेल्नको लागि छनौट भएको थियो । ८ डिसेम्बरदेखि दुबईमा आयोजना हुने यु-१९ एसिया कप खेल्न नेपाली टोली त्यसतर्फ प्रस्थान गर्ने भएको छ।
नेपाल रहेको समूह एमा अफगानिस्तान, भारत र पाकिस्तान छन् भने समूह बीमा बंगलादेश, श्रीलंका र जापान रहेका छन्।