मंगलवार, २ असार, २०८३

आज कुकुर तिहार मनाइँदै, नरक चतुर्दशी पनि आज

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ४ कार्तिक, २०८२

आज कुकुर तिहार मनाइँदै, नरक चतुर्दशी पनि आज

२०८२ कार्तिक ३, काठमाडौँ । आज कुकुर तिहार मनाइँदै छ।तिहारको तेस्रो दिन कुकुरलाई पूजा गरी मिठा खानेकुरा दिने चलन छ । यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन कुकुर तिहार पर्छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउने चलन रहेको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मिठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको बताइन्छ ।

नरक चतुर्दशी

आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके फाल्ने वा बगाउने भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मान्यता  रहेको छ । 

advertisement_1676553908.gif
अन्य समाचार