राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २९ चैत्र, २०७९
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा बिहान १०ः३० बजेबाट मतदान सुरु भएको हो । महासंघको विधानअनुसार पूर्व वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वतः अध्यक्षता सम्हाल्छन् । तर, आज वरिष्ठ उपाध्यक्षसहित विभिन्न पदका लागि निर्वाचन हुँदैछ ।
बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ । जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गी र सुरकृष्ण वैद्यको उम्मेदवारी परेको छ । मतदान प्रक्रियामा कुल १,९९३ प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
कमलादीस्थित प्रज्ञा भवन परिसरमा बिहानैदेखि उम्मेदवार र मतदाताको भिडले माहौल गुन्जिएको छ । निर्वाचनले सहभागीहरुमा उत्साहजनक माहोल सिर्जना गरेको छ ।