आईतवार, १ मंसिर, २०८२

पेट्रोल र डिजेलको मूल्य बढ्यो

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ३० कार्तिक, २०८२

पेट्रोल र डिजेलको मूल्य बढ्यो

२०८२ कार्तिक २९, काठमाडौँ । सरकारले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो ।

निगमले शनिवार एक विज्ञप्ति जारी गरी आजै राति १२ बजेबाट लागू हुने जनाएको छ । भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्य सूची आएको निगमले जनाएको छ ।

तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमा छ ।

advertisement_1744958411.jpg