बुधबार, १३ कार्तिक, २०८२

प्रहरी कार्यालय आक्रमण गर्ने भारतीयसहित १५ जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

प्रहरी कार्यालय आक्रमण गर्ने भारतीयसहित १५ जना पक्राउ

२०८२ कार्तिक ११, काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रहरीले प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटसँग सम्बन्धित १५ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, घटनामा संलग्न रहेको ठोस प्रमाणका आधारमा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास ५ का २५ वर्षीय सुजन वाइवा, दोलखाको मेलुङ ६ का २४ वर्षीय युवराज भण्डारी, कञ्चनपुरको भीमदत्त ६ का २५ वर्षीय अनिल बुढा, गोरखाको आजिरकोट ५ का २१ वर्षीय अनिल भुजेल, भारतको राजस्थान जयपुरग्रामका २४ वर्षीय सोयव खान, कञ्चनपुरको महेन्द्रनगर ऐंठपुरका २० वर्षीय विकास आग्री रहेका छन् ।

काठमाडौँ प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार थप पक्राउ परेकाहरूमा दैलेखको शैलुङ ८ का २१ वर्षीय तीर्थमान तामाङ, मकवानपुरको बकैया २७ वर्षीय राजेश तामाङ, काठमाडौँको नागार्जुन ८ का ३२ वर्षीय मोहन तामाङ, नुवाकोटको ककनी १ का ३१ वर्षीय सुवास तामाङ, सिन्धुलीको सुनकोसी १ का २५ वर्षीय सुचेन तामाङ, काभ्रेको धुलिखेल ११ का ४१ वर्षीय सुवास गोतामे, कञ्चनपुरको बेलौरी १ बैसाखीका २७ वर्षीय भुवन शाही, सिन्धुपाल्चोकको इरखु १ का २९ वर्षीय सविन राई र महोत्तरीको लोहरपट्टी ७ का २४ वर्षीय गोविन्दकुमार ठाकुर रहेका छन् ।

पक्राउ परेकाहरूले प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट तथा हतियार लुटेर प्रदर्शन गरेको प्रमाण प्रहरीले फेला पारेको बताएको छ ।

advertisement_1676551694.gif