मंगलवार, १७ असार, २०८२

माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

माओवादीले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

१७ असार २०८२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेको छ ।

सहमति विपरीत ‘कुलिङ अफ पिरियड’ राखेर संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित गराएको रहस्योदघाटन भएपछि माओवादी केन्द्रले सभापति खतिवडाको राजीनामा माग गरेको हो ।

सभापति खतिवडाको संलग्नतामै जालसाजी भएको उनको भनाइ छ ।

उनले भने, ‘उहाँको संलग्नता छ भने कानुनी हिसाबले पनि गम्भीर कुरा हो। उहाँको संलग्नता छैन भने नैतिक रूपमा उहाँले हस्ताक्षर गरेको भन्दा बाहिरको कुरा कहाँबाट आउँछ ? त्यसैले समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ।’

समितिको कांग्रेस सांसद रामहरि खतिवडाले नेतृत्व गरिरहेका छन् । सभापति खतिवडाको राजीनामापछि उच्चस्तरीय तथा संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संलग्नलाई कारवाही गर्नुपर्ने बताए ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif