बिहीबार, १४ मंसिर, २०८०

रियालिटी शो ‘दोहोरी आइडल’को भोटिङ्ग पार्टनरमा इसेवा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १७ चैत्र, २०७९

रियालिटी शो ‘दोहोरी आइडल’को भोटिङ्ग पार्टनरमा इसेवा

काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन सुरु हुने तयारीमा छ । डिजिटल अडिसन सकिएको आयोजनले जनाएको छ । यसैबिच आयोजनकले भोटिङ्ग पार्टनरको रुपमा इसेवा जोडिएको जानकारी गराएको छ ।

नेपालका प्रतिष्ठित ४२ कलाकारहरु बिच हुने प्रतिस्पर्धाको निर्णायकमा पूरुषोतम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन् । नेपालमा पहिलोपटक लिग स्तरिय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए ।

डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोश्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्। दोहोरी आइडलको छिट्टै नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । दोहोरी आइडललाई डिएआर मुभिजले अन्तररास्ट्रीय फर्म्याटमा पनि दर्ता गरि सकेको धितालले जनाए 

advertisement_1680627680.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg