बिहीबार, १८ पुष, २०८१

advertisement_1730215456.gif

गुल्मी अस्पतालमा लापरबाहीले ७ वर्षीय बालिकाको मृत्‍यु; बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १२ भाद्र, २०८०

गुल्मी अस्पतालमा लापरबाहीले ७ वर्षीय बालिकाको मृत्‍यु;  बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन

गुल्मी। मंगलबार गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको ज्यान गएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरको संयोजकत्वमा घटनाबारे सत्य/तथ्य छानबिन गर्न समिति गठन भएको हो ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी ७ वर्षीय प्रशंसा मरासिनीको उपचारका क्रममा आज मङ्गलवार मृृृृत्‍यु भएपछि गुल्मी अस्पताल तनाव ग्रस्त बनेको थियो ।

प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई साेमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको थियो । गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र जिसीले अस्पतालमा भर्ना भएकी बालिकाको स्वास्थ्य जाँचका क्रममा रिपोर्ट सामान्य रहेको र उपचारकै क्रममा ज्यान गएको प्रतिक्रिया दिनुभएको थियो ।

तर अस्पतालले मृत्युको कारणबारे स्पष्ट जानकारी नदिएको भन्दै पीडित परिवारका आफन्त र स्थानीयले अस्पताल र जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन पनि गरेका छन् । अस्पतालको लापर्बाहीका कारण बालिकाको ज्यान गएको उनीहरूको आरोप छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg