शनिबार, २७ बैशाख, २०८२

बारा २ बाट उपेन्द्र यादव ५ हजार ८१ मत अन्तरले विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १३ बैशाख, २०८०

बारा २ बाट उपेन्द्र यादव ५ हजार ८१ मत अन्तरले विजयी

बारा । प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका  उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् ।

यादवले २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मत ल्‍याएका छन। 

एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २ हजार ८ सय २९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

मंसिरमा भएको चुनावमा सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए। 

यो सँगै उपचुनाव भएका तीन वटै क्षेत्रको अन्तिम नतिजा आएको छ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै स्वर्णिम वाग्ले विजयी भईसकेेेक छन।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif