राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ बैशाख १०, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटघाट गरेका छन् ।
भेटका क्रममा जापानी राजदूतले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
मन्त्री गौतम र राजदूत माएडा बीच कानून सुधारका विषयमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको छ । साथै सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका विषय बदलिँदो विश्व राजनीतिमा तीव्र रूपमा अगाडि बढिरहेको सन्दर्भमा त्यसलाई नियमन गर्न उपयुक्त कानून आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो ।
उनीहरूबीच सहकार्यका थप क्षेत्रहरू पहिचान गर्ने तथा जापान सरकारलाई आवश्यक पर्ने कुनै विषय भए छलफलका लागि नेपाल खुला रहेको सन्देश दिने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।