मंगलवार, १७ असार, २०८२

भोली हुने उपनिर्वाचनको तयारी पुरा; चुनावी सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका शर्तक रहन आयोगको निर्देशन

रााष्ट्रिय सन्‍देश डेक्‍स, शनिबार, ९ बैशाख, २०८०

भोली हुने उपनिर्वाचनको तयारी पुरा; चुनावी सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका शर्तक रहन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आइतबार तनहुँ निर्वाचन क्षेत्र नं १ चितवन निर्वाचन क्षेत्र नं २ र बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी खटिसकेका छन् । आवश्यक चुनावी सामग्री पनि पुगिसकेको आयोगले जनाएको छ ।  निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम चलेको बताइएको छ।

उपचुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ ।

उपनिर्वाचन हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्बाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ ।

त्यस्तै, सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र चुनावका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ ।

आयोगले कोभिड–१९ लगायत संक्रामक रोगको जोखिमलाई ध्यान दिँदै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न, गराउन पनि आग्रह गरेको छ ।

यस्तै, हावाहुरी र बर्षातका कारण मतदानको काम प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखेर चुनावी सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका लागि तयार रहन आयोगले निर्देशन दिएको छ ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif