मंगलवार, १७ असार, २०८२

चितवन-२ मा रवि लामिछाने ५४ हजार १ सय ७६ मतले विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १२ बैशाख, २०८०

चितवन-२ मा रवि लामिछाने ५४ हजार १ सय ७६ मतले विजयी

काठमाण्डौं। चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी विजय भएका छन ।

गएको मंसिर ४ गते भएको निर्वाचनमा उहाँले ४९ हजार ३ सय मत ल्याएर विजयी हुनुभएको थियो भने अहिले ५४ हजार १ सय ७६ मतले विजय भएका छन।

नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत पाए भने यस्तै,  एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ ल्‍याएका छन । 

नागरिकता विवादमा पद गुमेसँगै यसअघि यही क्षेत्रमा उपचुनाव भएको हो ।

अमेरिकी नागरिकता लिएर फेरि नेपाली नागरिकता नलिएको मुद्दामा उनको सांसद पद गुमेको थियो। उनको सांसद पद गुमेका कारण चितवन-२ मा उपनिर्वाचन भएको हो। 

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif