शनिबार, २७ बैशाख, २०८२

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले १४ हजार ७ सय अन्‍तरले विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १२ बैशाख, २०८०

तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले १४ हजार ७ सय अन्‍तरले  विजयी

तनहुँ। तनहुँ–१ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् ।निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् ।वाग्लेले ३४ हजार ९ सय १९ मत प्राप्त गरि विजय भएको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १ सय २२ मत पाएका छन।  त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन ।राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।

मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत ल्याउँदै विजयी हुनुभएको थियो ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif