मंगलवार, १७ असार, २०८२

गण्डकीको बजेट करिब ३२ अर्ब (पूर्णपाठ)

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १ असार, २०८२

गण्डकीको बजेट करिब ३२ अर्ब (पूर्णपाठ)

१ असार २०८२, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ ।

जसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३९.५ प्रतिशत, पूँजिगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार अर्थात कुल विनियोजनको ५९.७ प्रतिशत छ । वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कुल विनियोजनको ०.८ प्रतिशत रकम विनियोजित भएको छ। आगामी वर्ष रू १ करोड ५४ लाख ५२ हजार सञ्चित कोषमाथि व्ययभार हुने अनुमान अर्थमन्त्री डा. टकराज गुरुङले पेश गरेको बजेटले गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ मा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७३ करोड ८९ लाख प्राप्त हुने अनुमान गरिएको छ । राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदानतर्फ ३ अर्ब ३५ करोड ६४ लाख प्राप्त हुने अनुमान सरकारको छ ।

समपूरक अनुदानतर्फ ६३ करोड ९७ लाख र विशेष अनुदानतर्फ ४९ करोड ८६ लाख प्राप्त हुने अनुमान गरिएको हो ।

प्रदेशको राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार प्राप्त हुने अनुमान गरिएको अर्थमन्त्री गुरुङले बताए । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात २ अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात बचत हुने अनुमान सरकारको छ ।

Download the PDF
advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif