राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १४ बैशाख, २०८०
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे लाई अगाडी सारिएको छ । यही वैशाख २५ गते माओवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एमालेको खगराज अधिकारी सरकार ढलेपछि माओवादीका मन्त्रीले एमाले सरकारबाट राजीनामा दिएर समर्थन फिर्ता लिएपछि चैत १० गते विश्वासको मत लिइएको थियो । एमाले सरकारले वैशाख ९ गते संसदको विश्वास गुमाएको थियो ।
संविधानको धारा १६८ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठन गर्ने वा ठूला दलबाट मुख्यमन्त्री नियुक्त गर्ने भन्ने अन्योल थियो । धारा ३. कानुनी परामर्शपछि प्रदेश प्रमुखले बहुमतीय सरकार गठनका लागि तीन दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरे का छन्।