राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २ असार, २०८१
काठमाडौँ , असार १ । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/८२ को लागि ३२ अर्ब ९६ करोड ८५ लाख बजेट ल्याएको छ ।आर्थिक मामिला मन्त्री टकराज गुरूङले प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ करोड करोड बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जोड दिए पनि पूर्वाधारमै ठूलो बजेट छुट्याएको छ ।
कृषि क्षेत्रमा व्यवसायीकरण र रूपान्तरण नारा दिएको प्रदेश सरकारले उत्पादन र रोजगारीमा जोड दिइने जनाएको छ ।