राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २७ चैत्र, २०८१
२८ चैत्र २०८१ मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङमा हिमपात भएको छ । हिमपात भएपछि मुस्ताङका डाँडापाखा सेताम्य बनेका छन् ।
यता, लामो समयपछि हिमपात सुरु भएसँगै स्थानीयबासिन्दा खुशी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयबासिन्दा खुशी भएका हुन् ।