राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २२ बैशाख, २०८२
२३ बैशाख २०८२, पोखरा । पोखराको बिरौटामा नेपाल राष्ट्र बैंकका पूर्वकर्मी ऋषिराम बरालले आफ्नी कान्छी श्रीमतीको हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन् ।
सोमबार अपरान्ह कान्छी श्रीमतीको हत्या गरेपछि गम्भीर अवस्थामा भेटिएका बरालको गए राति उपचारको क्रममा मृत्यु भएको हो । पाँच वर्षअघि बैंकबाट अवकाश लिएपछि बरालले कान्छी श्रीमतीलाई नयाँ घरमा ल्याएका थिए ।
छिमेकीहरूका अनुसार जेठी श्रीमतीसँग पुनः नजिकिएको थाहा पाएपछि दम्पतीबीच सम्बन्ध बिग्रँदै गएको थियो । हत्याअघि बरालले फेसबुकमा जेठी श्रीमतीसँगको तस्बिर र भिडियोसमेत पोष्ट गरेका थिए ।
प्रहरीले घटनाबारे अनुसन्धान जारी राखेको जनाएको छ ।