राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १६ श्रावण, २०८१
काठमाडौं, साउन १६ । भारी वर्षासँगै सडक माथिबाट आएको लेदोको कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी सडकखण्ड अबरुद्ध भएको छ । लगातार भारी वर्षात हुँदा वर्षासँगै आएको लेदोले राजमार्ग अबरुद्ध भएको हो ।
लेदो हटाइ अबरुद्ध सडक सुचारु गर्न निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरिएको छ ।वर्षा भइरहेका कारण सवारी सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।
सडक अबरुद्ध हुँदा काठमाडौं भित्रने र बाहिरिँदै गरेका सयौं सवारी रोकिएका छन ।