मंगलवार, ५ कार्तिक, २०८२

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २३ असार, २०८१

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ, असार २२ । अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो ।

बागलुङको जैमिनी नगरपालिका-बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ । कोरिडोर अवरुद्ध हुँदा जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधान बाटोमै ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

 भारी वर्षाका कारण सडक खुलाउने कार्यमा बाधा पुगेको जिल्‍ला प्रहरी कार्यालयले जनाएको छ।

advertisement_1676551694.gif