राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २४ चैत्र, २०७९
काठमाडौं । नेपाली सेनाको साइबर स्पेशमा अनाधिकृत पहुँच पुराउने उद्देश्यले साइबर हमला गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाललाई साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पोखराको बाटुलेचौरमा डेरा गरी बस्दै आएका ढकाल पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी समेत हुन् ।
उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका परीक्षक (एसएसपी) नविन्द अर्यालले बताए।
ढकालविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो।