राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २३ असार, २०८१
स्याङ्जा, असार २२ । स्याङ्जामाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । उनीहरूलाई पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो ।
उक्त पहिरोमापरि पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । बिरुवा गाउँपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो ।
पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।