मंगलवार, १७ असार, २०८२

दीपक मनाङेको सांसद पद खारेज

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ४ असार, २०८२

दीपक मनाङेको सांसद पद खारेज

४ असार २०८२, काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त भएका छन् । ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भई फैसला भइसकेको कारण जनाउँदै सर्वोच्चले उनी पदमुक्त हुने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मंगलबार मनाङेको पद बदर गरिएको निर्णय सुनाएको हो ।

सर्वोच्च अदालतले उनलाई गत वर्ष कात्तिकमा मनाङेलाई ज्यानमार्ने उद्योगमा दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरी दोषी ठहर गरेको थियो ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif