राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ३ जेष्ठ, २०८०
पोखरा। राम मन्दिर याेग साधना केन्द्र, पाेखरा-९, नयाँ बजारले आज २०८० साल जेष्ठ ३ गते पाेखराका शिक्षा प्रेमी, समाजसेवी तथा पतञ्जली याेग समिति, गण्डकीका अध्यक्ष याेगी नरेन्द्र मान लालचनलाई नागरिक समाज कास्कीको गरिमामय अध्यक्ष पदमा सर्वसम्मत नियुक्ति हुनुभएकोमा, केन्द्रका याेग साधक राष्ट्रसेवक लाेकदर्शन काेइराला अधिकृत पदमा पदाेन्नति हुनुभएकोमा र याेग साधिका संगीता बज्राचार्य नेवा: मिस पूचः कास्कीको अध्यक्ष हुनुभएकोमा कार्यकालकाे पूर्ण सफलताको शुभकामनासहित, केन्द्रकाे याेगाभ्यास तथा सभाहलमा भव्य र सभ्य कार्यक्रम आयाेजना गरी बधाई तथा सम्मान गरेकाे छ ।
याेगकेन्द्रकाे अध्यक्ष ईश्वरी श्रेष्ठकाे अध्यक्षता तथा सचिव सुशीला ढुंगानाकाे सन्चालनमा सम्पन उक्त कार्यक्रममा पतञ्जली याेग केन्द्र कास्की जिल्ला उपाध्यक्ष उर्मिला हिराचन, केन्द्र उपाध्यक्ष सुरेश श्रेष्ठ, काेषाध्यक्ष सुस्मा गुरुङ, सदस्य मन बहादुर गुरुङ सहित २६ याेग साधक साधिकाहरुकाे उपस्थिति रहेकाे थियाे ।
मन्तव्य कार्यक्रममा सम्मानित व्यक्तित्व लालचनज्युले गुणस्तरीय जीवनकालागि नियमित याेग अपरिहार्य रहेकाले याेग शिक्षालाई हामी सबै मिलेर प्रबर्द्धन गर्नु जरुरी रहेकाे बताउनु भयाे । साथै वहाँले आफू तन, मन धनसहित यस कर्ममा बिगत २५ वर्षदेखि लागिरहेकाे र यसैमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने भन्नुभयो । साथै याेग शिक्षाका साथसाथै देश र समाजका बिकृति बिसंगती, जस्तै भ्रष्टाचार बिरुद्ध सचेत र सक्रियतापूर्वक लाग्न सम्पूर्ण याेग साधकहरुलाई सल्लाह समेत दिनु भयाे ।
कार्यक्रममा केन्द्रले दाेषल्लासहित पुष्पगुच्छाले तथा अन्य साधक साधिकाहरुले खादा तथा पुष्पगुच्छाले बधाई, शुभकामना तथा सम्मान गरेकोे थियाे । राम मन्दिर याेग साधना केन्द्रमा हरेक दिन बिहान ५ बजेदेखि ६.३० बजेसम्म शारीरिक व्यायाम, याेगाभ्यास तथा ध्यान हुनेगर्दछ ।
स्मरण रहाेस् महर्षि पतञ्जलीले मानव जगतकालागि अमूल्य त्रिरत्न: वाणी शुद्धीकरणका लागि व्याकरण, देह शुद्धीकरणकालागि चरकसंहिता तथा मन शुद्धीकरणकालागि याेग विज्ञान छाडेर जानुभएको छ ।