मंगलवार, १७ असार, २०८२

कोरोना सङ्क्रमणका कारण दोस्रो दिन पनि एक मृत्‍यु, पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा सङ्क्रमण पुष्टि

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २९ चैत्र, २०७९

कोरोना सङ्क्रमणका कारण दोस्रो दिन पनि एक मृत्‍यु, पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं। कोरोना सङ्क्रमणका कारण दोस्रो दिन पनि एक जनाको मृत्‍यु भएको छ । बुधबार  नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा एक सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मंत्रालयका अनुसार दुई हजार तीन सय ७७ जनाको नमुना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ।

यो सँगै पछिल्लो २४ घण्टाको अवधिमा ८१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर सक्रिय कोरोना सङ्क्रमितको संख्‍या चार सय ४५ पुगेको छ । सङ्क्रमितमध्ये २५ जना संस्थागत आइसोलेशनमा, ११ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४२ हजार एक सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif