मंगलवार, १७ असार, २०८२

मुटुको सुरक्षाका लागि सावधानी नै उत्तम उपाय डा. नेपाल

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १० पुष, २०८०

मुटुको सुरक्षाका लागि सावधानी नै उत्तम उपाय  डा. नेपाल

नेपालगन्ज । भेरी अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विकास नेपालले मुटु रोगबाट बच्नका लागि आफै सचेत भएर सावधानी अपनाउनु नै उत्तम विकल्प भएको बताउनु भएको छ । स्थानीय दैनिक नेपालगन्जले आफ्ना सहकर्मी पत्रकार ऋषिराज गैरेको हृदयघातबाट निधन भएको ४५औं दिन पुण्यथितिमा उहाँको स्मृतिमा आयोजना गरेको मुटु सुरक्षा कसरी ? विषयक स्थानीय पत्रकारहरुका लागि आज आयोजना सचेतनामूलक सम्वाद कार्यक्रममा मुटु रोग विशेषज्ञ डा. नेपालले मुटु रोग लाग्न नदिन अपनाउनु पर्ने जीवनशैली, खानपान, रोग लागि सकेपछि मुटुको हेरचाह र वर्तमान समयमा जीवनशैलीले मुटुमा पारेको प्रतिकुल असरबारे उत्प्रेराणात्मक प्रस्तुती गर्नु भयो । 

           कार्यक्रममा मुटु रोग विशेषज्ञ डा. नेपालले शरीरका प्रत्येक अंगको डिमाण्ड र सप्लाई हुने गरेको तत्व असन्तुलित हुँदा अंगहरुले कुनै न कुनै लक्षण देखाउने गरेको बताउनु भयो । उहाँले मुटुमा कुनै समस्या शुरु भएमा छाती दुख्ने, उक्त दुखाई सरेर घाँडी तथा शरीरको पछाडिको भाग दुख्ने, चिट्चिटाहत हुने, पसिना आउने, सास फेर्न असहज हुने, मुटुको धड्कन छिटो छिटो चल्ने, दौडदा सास फेर्न गा¥हो र स्याँस्याँ हुने लक्षण देखिने जानकारी दिनु भयो । मुटुरोग लाग्ने बित्तिकै हार्ट अट्याक नहुने कुरा स्पष्ट पार्दै डा. नेपालले मुटुरोग सम्बन्धी यी लक्षण देखिएमा चिकित्सकलाई अनिवार्य देखाउनु पर्ने बताउनु भयो । ‘लक्षण देखिने बित्तिकै स्वास्थ्य परिक्षण र उपचार शुरु गर्ने हो मुटु रोगका विरामीलाई सहजै बचाउन सकिन्छ, तर ढिलो गरी अस्पताल पुग्यो भने विरामीको ज्यान जाने गरेको छ’ डा. नेपालले स्पष्ट पार्नु भयो ।

 

    उच्च रक्तचाप, सुगर, शारीरिक निष्क्रियता, धुम्रपान, तनाव, अस्वस्थकर खानपान मुटुरोगको मुख्य कारक रहेको बताउँदै डा. नेपालले पहिले ५० वर्षमाथि उमेर समूहका लागि मात्रै हार्टअट्याक
(हुदयघात) हुन्छ भन्ने मान्यता रहेपनि अहिले युवाहरुमा समेत मुटुको समस्या देखिने गरेको बताउनु भयो । ‘हार्टअट्याक (हुदयघात) हुने युवामा प्रमुख कारण तनाव र धुम्रपान रहेको पाइन्छ’, उहाँले बताउनु भयो । 


                             डा. नेपालको प्रस्तुती पछि सहभागी पत्रकारहरुले मुटु रोग बारे विभिन्न जिज्ञासाहरु राखेका थिए । सो क्रममा वरिष्ठ पत्रकारहरु पूर्ण लाल चुके, नरेन्द्र जङ्ग पिटर, शिव डोटेल, निरज गौतम, सिराज खान, सुशील लामिछाने, नविन गिरी, आरिफ अन्सारी, सुश्री सन्ध्या गैरे, नेकपा एमालेका नेता मोहम्मद हारुन हलवाई लगायतले मुटु रोग सम्बन्धि अनुभव सुनाउँदै विभिन्न जिज्ञासा राखेका थिए ।   कार्यक्रमको प्रारम्भमा दैनिक नेपालगन्जका प्रधानसम्पादक झलक गैरेले स्वागतका क्रममा  भावुक हुँदै अखवारका सहकर्मी तथा आफ्ना सहोदर माहिला भाई गैरे परिवारका मेरुदण्ड ऋषि गैरेको अल्पायुमै हृदयघातबाट ज्यान गुमेको अवस्थाको चित्रण गर्दै उनको स्मृतिमा शान्तिको कामना गर्दै पत्रकार साथीहरुलाई मुटुको रक्षाका लागि केही सचेतना जगाउनको लागि “मुटु सुरक्षा कसरी गर्ने ?” भन्ने विषयमा सो सम्बन्धि विज्ञ चिकित्सकबाटै जानकारी गराउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । 
उक्त कार्यक्रमको सञ्चालन, सहजीकरण स्वास्थ्यकर्मी तथा स्वास्थ्य पत्रकार समेत रहेका जीवन शर्माले गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मीबाट सहभागी पत्रकारहरुको रक्तचाप तथा तौल परीक्षण पनि गरिएको थियो ।


कार्यक्रममा करीब चार दर्जन बढी स्थानीय पत्रकारहरुको सहभागिता रहेको थियो । 
 

मुटुको सुरक्षाका लागि सावधानी नै उत्तम उपाय  डा. नेपाल

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif