मंगलवार, १७ असार, २०८२

नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट भेटियो

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २१ चैत्र, २०७९

नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट भेटियो

काठमाडौ । नेपालमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट भेरिएन्‍ट भेटिएको छ। भारतमा फैलिएको नेपालमा पनि नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ पुष्टि  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा देशभरबाट रेन्डम स्याम्पलिङ विधिबाट चैत महिनामा संकलित २४ वटा  पीसीआर र एन्टीजेन पोजेटिभकाे नमूनामा  परीक्षण गरिएको मध्‍येबाट ओमिक्रोनको बिए १.१ दुई जनामा, बिए.२ दुई जनामा, बिए २.७६ एक जनामा, बिए.५ दुई जनामा, बिए ५.२ दुई जनामा, एक्बीबी १.१६ १० जनामा, एक्बीबी १.५ तीन जनामा, एक्बीबी २.६ एकजनामा र एक्बीएफ एक जनामा पुष्टि भएको छ । चैत महिनामा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणमा १० जनामा नयाँ भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले जानकारी दिनुभयो ।

भारतमा पनि नयाँ भेरियन्ट फैलिरहेको हुँदा सीमा क्षेत्रमा कोरोना परीक्षण, मास्क अनिवार्य जस्ता व्यवस्था गरेको मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ। नेपालमा अहिले कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या दुई सय २७ पुगेको छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif