मंगलवार, १७ असार, २०८२

पछिल्‍लो २४ घण्‍टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि; सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ बैशाख, २०८०

पछिल्‍लो २४ घण्‍टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि; सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना

काठमाडौं। पछिल्लो २४ घण्टामा थप एक सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक हजार छ सय ४५ नमुनामध्ये एक सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ७२ र एक हजार १८९ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ गरी १०३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ६१ जना सङ्क्रमित निको भएका छन् । कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना पुगेको छ । सङ्क्रमितमध्ये २६ जनालाई आईसीयूमा र ८ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच २४ घण्टामा १७ हजार छ सय ६६ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif