बिहीबार, ९ जेष्ठ, २०८२

कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगायो।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ६ बैशाख, २०८०

कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगायो।

सुर्खेत। कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले मंगलबार मुख्यमन्त्री राजकुमार शर्मालाई नाम बुझाएका हुन् । सिफारिसमा सुर्खेत १ का सांसद खडकबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा २ बाट बेदराज सिंह र दैलेख १ बाट सांसद कृष्णकुमार बिसी रहेका छन् ।

पोखरेलले सामाजिक विकास मन्त्री, सिंहले आर्थिक मामिला तथा योजना मन्त्री र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व समान रूपमा बाँडफाँड हुने र मुख्यमन्त्रीको कार्यालय र मन्त्रिपरिषद्सहित आठ वटा मन्त्रालय हुनेछन् ।

सहमति कार्यान्वयन गर्न मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरेका मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराउनेछ । 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif