राष्ट्रिय सन्देश संबाददाता, २२ घण्टा पहिले
२४ पुष, काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला रिहा भएकी छिन् । सहकारी ठगी मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि मागेको १० लाख रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएकी हुन् ।
सहकारीसम्बन्धी कसुरमा मुद्दा चलाइएपछि उनी आज जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । उनलाई जिल्ला अदालतले थुनामा बस्नु नपर्ने गरी आदेश दिएको हो ।
अदालतले पुस २ गते कोइराला, सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।बाँकी २३ जना अझै फरार रहेको बताइएको छ ।
उनीहरूसँग २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो दाबी गरिएको थियो ।