राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २० पुष, २०८१
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठक आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीको कार्ययोजना, सरकारका प्राथमिकता, आर्थिक सुधार, संविधान संशोधनलगायतका मुख्य विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । समूह छलफलका साथ अघिल्लो बैठकहरूको विपरीत, प्रत्येक केन्द्रीय सदस्यलाई व्यक्तिगत रूपमा आफ्नो विचार व्यक्त गर्न लगभग तीन मिनेट दिइनेछ। ओलीको सरकार गठनपछिको पहिलो बैठक दुई दिनभित्र सम्पन्न हुने र महत्वपूर्ण एजेण्डामा ठोस अडान तय गर्ने बताइएको छ ।